FAQs Complain Problems

सूचना

आगामी आ.व २०८१/८२ को लागि अन्नपूर्ण गाउँपालिकाको नीति तथा कार्यक्रममा के कस्ता किसिमका नीति तय गर्नुपर्ला, २०८१-०२-२५ गतेसम्म आइपुग्ने गरि, फारमको लिङ्कमा गइ वा तल दिइएको QRCode स्क्यान गरेर, यहाँहरूको  राय, सुझाव  तथा कार्यक्रमको विवरण पेश गरिदिनुहुन अनुरोध गर्दछौ।

 

दस्तावेज:
मिति: 05/28/2024 - 17:45

स्थानीय तहको दोस्रो कार्यकालको दोस्रो वर्षमा हासिल उपलब्धि हरुको संगालो अन्नपूर्ण दर्पण २ विमोचन एवं सार्वजनिकिकरण कार्यक्रम २०८१ जेठ ६ गते सम्पन्न भएको छ। मिति २०७९ मा निर्वाचित भए पश्चात २०७९ जेठ ६ गते पदभार ग्रहण गरी कार्यभार सम्हालेको दुई वर्ष पूरा भएको अवसरमा दोस्रो वर्षमा हासिल उपलब्धिहरूलाई समेटी यो पुस्तक प्रकाशन गरिएको छ। 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्री विष्णुबहादुर केसीको अध्यक्षतामा सम्पन्न गरिएको यस कार्यक्रम गमलामा पानी सिञ्चित गरी औपचारिक रुपमा उद्घाटन गरिएको थियो। 

कास्की जिल्ला पूर्व जीविस सभापति पुण्यप्रसाद पौडेल लगायत अन्य सक्रिय राजनीतिक दलहरूका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कास्की जिल्ला जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाले द्वितीय स्थान हासिल गरेको ट्रफी गाउँपालिका अध्यक्ष समक्ष हस्तान्तरण गरिएको थियो। 

दस्तावेज:
मिति: 05/19/2024 - 17:37

अन्नपूर्ण गाउँकार्यपालिकाकोे कार्यालय, कास्की र Good Neighbors International Nepal को आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना कार्यान्वयन गर्ने संस्था नौलो घुम्ती नेपाल बिच एकीकृत सामुदायिक विकास परियोजना सन् २०२४ अन्तर्गतको वार्षिक कार्ययोजना अनुसारका कार्यक्रमहरु कार्यान्वयन लागि गरिएको साझेदारी पत्र हस्ताक्षर कार्यक्रम मिति २०८१ वैशाख २१ गते सम्पन्न भएको छ ।
कार्यक्रममा एकीकृत सामुदायिक विकास परियोजनाले यस गाउँपालिकाका ४, ६ र ७ वडाहरुमा शिक्षा, बाल संरक्षण, जिविकोपार्जन, जनस्वास्थ्यको क्षेत्रमा सन् २०२३ मा गरिएका गतिविधिहरु र सन् २०२४ का कार्यक्रमहरु तथा बजेट बारे जानकारी प्रस्तुतिकरण गरेको छ। पालिकासँगको खुला छलफल पश्चात सन् २०२४ का कार्यक्रम पालिकासँगको समन्वय तथा सहकार्यमा संचालन हुने गरी साझेदारी पत्र हस्ताक्षर गरी कार्यक्रम समापन भयो ।
उक्त कार्यक्रममा नौलो घुम्ती नेपालका अध्यक्ष बद्री विनोद खनालको अक्ष्यक्षतामा संचालित कार्यक्रमको प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी रहनु भएको थियो भने पालिकाको प्रमुख प्रशासकीय अधिकृत, वडा नं ३ र ६ का वडा अध्यक्ष, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी, महिला तथा बालबालिका, योजना शाखाका प्रमुखहरुको उपस्थिती रहेको थियो ।

दस्तावेज:
मिति: 05/05/2024 - 15:58

Pages