FAQs Complain Problems

ग्यालरी

 

 

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. दुईको वेब जिआइएस उपयोगिता ब्यबस्थापन र मेट्रिक हाउस नम्बरीङ प्रणालीको काम सम्पन्न भएको छ । बुधबार वडा कार्यालय भवनमा एक प्रस्तुतीकरण कार्यक्रम मार्फत सो जानकारी गराइएको हो ।पश्चिमान्चल इन्जिनियरिङ अध्ययन संस्थान लामाचौरमा  जियोम्याटिक्स इन्जिनियरिङ अध्ययनरत बिद्यार्थीद्वारा यस प्रोजेक्ट निर्माण सम्पन्न भएको हो।

मिति: 05/03/2023 - 21:31
, , ,

अन्नपूर्ण गाउँपालिकाको आयोजना र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राबिधिक सहयोगमा सोमबार देखि ट्रेकिङ गाइड तालिम सुरु भएको छ ।१५ दिनसम्म संचालन हुने तालिममा ११ वटै वडाका युवाहरु सहभागी छन् ।

गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी ज्यू को अध्यक्षता र मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिब मनमाया भट्टराई पंगेनी ज्यू को प्रमुख आतिथ्यतामा कार्यक्रम सुरु भएको हो । गाउँपालिकाका युवाहरुलाई जीविकोपार्जन संग जोड्ने उद्द्देश्यले संचालित यस तालिम सम्पन्न पश्चात परिक्षा संचालन गरी उत्तीर्ण सहभागीले ट्रेकिङ गाइड लाइसेन्स प्राप्त गर्नेछन् ।

मिति: 03/27/2023 - 14:03
, , , , ,

अन्नपूर्ण आधार शिविर(ABC) पर्यटन पदमार्ग अन्तर्गत लान्द्रुक देखि झिनु जाने बाटोमा मोदी खोलामा ( हिमाल क्यु नीर) अन्नपूर्ण वडा नं.-७ र ११ जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 

मिति: 03/21/2023 - 07:24

अन्नपूर्ण गाउँपालिका छैटौं स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री खगराज अधिकारीज्कोयूको प्रमुख आतिथ्यतामा प्रभात फेरी र गाउँपालिकाका निवर्तमान जनप्रतिनिधिहरु ( अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु ) लाई सम्मान कार्यक्रम सम्पन्न । कार्यक्रममा प्रतिनिधि सभाका माननीय सदस्य दामोदर पौडेल वैरागी, नेपाली कांग्रेस गाउँपालिका सभापति मनपती भण्डारी, राप्रपा नेता हरिराम भण्डारी लगाएत नेकपा माओवादी केन्द्र , नेकपा एस सहित विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो , गाउँपालिका अध्यक्ष विष्णु ब.

मिति: 03/13/2023 - 06:41
, , , , , , , , ,

अन्नपूर्ण गाउँपालिकाको समग्र विकासको सन्दर्भमा छलफल र मागहरू प्रस्तुत गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड ) सँग अन्नपूर्ण गाउँ पालिका अध्यक्ष विष्णु ब. केसी नेतृत्वको गाउँपालिका प्रतिनिधि टिम , भेटमा प्रधानमन्त्री बाट अन्नपूर्णको विकासमा आफ्नो सक्दो साथ सहयोग रहने आश्वासन दिनुभएको छ ।

मिति: 02/24/2023 - 15:50
, ,

Pages